२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनकारीसँगको झडपमा प्रहरी हवल्दारको मृत्यु



अ+ अ-

बर्दिया, भदौ १८ । राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पु-याउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आज बिहान एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय मैनापोखरमा झडप हुँदा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको हो । प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पु-याउँदै गरेका बसमा आन्दोलनकारीले अवरोध पु-याएपछि झडप भएको हो ।
झडप हुँदा प्रहरीले केही सेल अश्रुग्याससहित पाँच राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । थरुहट संयुक्त सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाको आह्वानमा २५ दिनदेखि जिल्ला ठप्प छ ।
झडपका क्रममा घाइते हवल्दार पाण्डेको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुँवरले जानकारी दिनुभयो । रासस