२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्नसक्ने काम गर्नुपर्छ’ – मुख्यसचिव

जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्नसक्ने काम गर्नुपर्छ’ – मुख्यसचिव
अ अ+ अ-

काठमाडौँ, भदौ १८। सरकारका मुख्यसचिव, सचिव, निजामती कर्मचारी प्रशासन विज्ञले जनता र सरकारले देखेको देशको समृद्धिको सपना पूरा गर्ने दायित्व कर्मचारीको भएको बताउनुभएको छ ।

बाह्रौ निजामती सेवा दिवसको सन्दर्भमा ‘ब्युरो ८१ नेपाल’द्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमका अधिकांश वक्ताले कर्मचारीतन्त्र देशको स्थायी सरकार भएकाले निष्पक्ष भएर जनताका काम सम्पादन गर्न सुझाव दिनुभएको थियो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले कर्मचारीतन्त्रमा राजनीतिकरणले प्रश्रय पाएकाले जनताका काम छिटोछरितो रुपले हुन नसकेको गुनासो आउने गरेको बताउनुभयो ।

मुख्यसचिव सुवेदीले कर्मचारीमा सजिलो काम सबैले गर्ने अप्ठ्यारो काम पन्छाउने प्रवृत्ति हाबी भएको र त्यो जनताले नियालिरहेको बताउँदै भन्नुभयो, “तपाइँहरु जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्न सक्ने काम गर्नुहोस् ।”

सामान्य प्रशासन मन्त्रालयका सचिव टङ्कमणि शर्मा, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीले ‘राज्यको सुविधा लिएबापत जनतालाई राम्रो सेवा दिन सकूँ’ भन्ने भावना राखेर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

जनप्रशासन क्याम्पसका प्रा डा श्रीकृष्ण श्रेष्ठले निजामती सेवाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पूर्वसचिव प्रतापकुमार पाठकले टिप्पणी गर्नुभएको थियो ।

‘ब्युरो ८१ नेपालका अध्यक्ष किशोरजङ्ग कार्कीले देशको सार्वजनिक प्रशासनमा सहयोग गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो । रासस