२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बालुवा चोरी गर्ने ८ जना ट्याक्टरसहित पक्राउ

बालुवा चोरी गर्ने ८ जना ट्याक्टरसहित पक्राउ
अ अ+ अ-

रुपन्देही, भदौ २१ । तराईमा जारी आन्दोलनको सुरक्षामा प्रहरी खटिएको मौका छोपी रुपन्देही जिल्लाका विभिन्न नाकाबाट नदीजन्य पदार्थ चोरी गर्ने पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले विभिन्न स्थानबाट आठ जनालाई ट्र्याक्टरसहित पक्राउ गरेको आइतबार साँझ जनाएको छ । जिल्लाका विभिन्न स्थानमा नदीजन्य पदार्थ गिट्टी, बालुवा, मिस्कट उत्खनन गरी ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लु २ त ७९७५ ट्र्याक्टरका चालक वेदनारायण थारु, लु २ त ९७२७ का बलबहादुर थारु, लु २ त ७४०४ का गणेशकुमार थारु, लु २ त १३० का जीतेन्द्र यादव, लु २ त ४३०९ का गौरव यादव, लु २ त ९७३२ का सरोज गौड, लु १ त ९१६८ का चन्द्रशेखर सहनी र लु ३ त २४८३ का रमेश लोध रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले जिल्ला तथा मातहतका प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरु माथि अनुसन्धान भइरहेको बताउनुभयो । रासस