१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुना–मदन गीतिनाटक मञ्चन



अ+ अ-

काठमाडौँ, भदौ २२ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुना–मदन’ गीतिनाटक आज साँझ राष्ट्रिय नाच घरमा मञ्चन गरियो ।

सांस्कृतिक संस्थान तथा राष्ट्रिय नाचघरको प्रस्तुति रहेको मुना–मदनलाई प्रभाकरदेव शर्माले निर्देशन गर्नुभएको हो । करिब एक घन्टा १५ मिको सो गीतिनाटकमा मदनको भूमिकामा निर्देशक शर्मा स्वयम् तथा मुनाको भूमिका शारदा सिलवालले निर्वाह गर्नुुभएको छ ।

त्यस्तै आमाको भूमिकामा माया थापा, दिदीकोमा सीता कार्की, बहिनीकोमा अञ्जु रञ्जित तथा भोटेको भूमिकामा केशवराज राई हुनुहुन्छ । गीतिनाटकमा नारायणगोपाल, तारादेवी, कमला श्रेष्ठ, भुवन चन्द र नवीनकिशोर राईको स्वर तथा चन्द्रराज शर्माको सङ्गीत छ ।

मुना–मदन गीतिनाटक फरक समय, निर्माता, निर्देशक र कलाकारले मञ्चन गरेको यो चौथो पटक हो । सो अवसरमा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले गीतिनाटकको लेखन र गायनमा जस्तै कलाकारले अभिनयमा पनि न्याय गरेको बताउनुभयो ।

गीतिनाटक यही भदौ २५ गते दोस्रो पटक मञ्चन गरिने निर्देशक शर्माले जानकारी दिनुभयो । रासस