३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ली प्राङ्गारिक स्याउ काठमाडौँ भित्रियो



अ+ अ-

काठमाडौ, पुस २४ । यस वर्ष भदौ महिनाको दोस्रो साताभित्र १२ मेट्रिक टन जुम्ली प्राङ्गारिक स्याउ काठमाडौँमा भित्रिएको छ ।

जुम्लाका स्याउ व्यापारीहरुले अहिले काठमाडौँका कलङ्की, बल्खु बागबजार, बालाजु र सिंहदरबार अगाडिका गेटलगायतका स्थानमा प्रतिकिलो रु १०० देखि रु १२० मा बिक्री वितरण गरिरहेका छन् ।

अर्गानिक स्याउका नामले परिचित रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ काठमाडौँमा बिक्री गर्दा केही हदसम्म खर्च उठे पनि भनेजस्तो कमाइ हुन नसकेको हाँकु– २ जुम्लाका स्याउ व्यापारी पदम खत्रीले बताउनुभयो ।

व्यापारी खत्रीले जुम्लाबाट चार दिनभित्र काठमाडौँ ल्याउन सकिने स्याउ बन्दका कारण ११ दिनसम्म नेपालगन्जमा रोकिँदा सोचेको जस्तो उपलब्धि नभएको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायतका अनुसार १२० जना जुम्लाका व्यापारीले ‘ए’ र ‘बी’ ग्रेडका ६५१ मेट्रिक टन स्याउ निर्यात गरेका छन् ।

निर्यात गरिएका प्राङ्गारिक स्याउ व्यापारीले काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत र दैलेख पु¥याएको उहाँले जानकारी दिनुभयो ।

जुम्ला कुडारी– १ का स्थानीय स्याउ व्यापारी विमल भट्टराईले नेपालगन्जमा आफूले प्रतिकिलो रु ६५ मा बेचेको स्याउ बुटवलमा रु ८० र काठमाडौँमा रु १२० मा बिक्री गरेको बताउनुभयो । राम्रै फाइदा हुने आशा राखेका भट्टराईले गत वर्षभन्दा यस वर्ष जुम्लाको अर्गानिक स्याउ किन्नेहरु आकर्षित भएको बताउनुभयो ।

जुम्लामा रु ३५ देखि रु ४० परेको ‘ए’ र ‘बी’ ग्रेडका स्याउहरु दैलेखमा प्रतिकिलो रु ५५, सुर्खेतमा रु ६०, नारायणगढ, बुटवल, पोखरालगायतका बजारमा रु ८० देखि रु ८५ मा बिक्री हुँदै आएको छ । गत वर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरेको जुम्लाले यस वर्ष पाँच हजार १०० मेट्रिक टनसम्म निर्यात हुनसक्ने जिल्ला कृषि कार्यालयले जनाएको छ । रासस