१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या



अ+ अ-

मुस्ताङ, २८ भदौ (रासस) ः अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

बाढीपहिरोका कारण हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका हुन् ।

म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से खण्ड तथा मुस्ताङ थासाङ गाउँपालिका –३ लेते र ४ घासाँ गरी १५ ठाउँमा पहिरोले सडक बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्जिनियर प्रदिप निरौलाले जानकारी दिनुभयो । बेनी–जोमसोम सडक ७६ किलोमिटरको छ ।

सडक अवरुद्ध हुदाँ उत्तरी उपल्लो मुस्ताङका दुई गाउँपालिकाको वासिन्दालाई काठमाडौँ, पोखरा, जोमसोमसंगको यातायात सम्र्पक विच्छेद भएको छ । सडक अवरुद्ध स्थानीय वासिन्दा, पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने आउने तिर्थयात्रीहरु कम्तीमा आठ ठाउँमा सवारीसाधन परिवर्तन गरेर वा पैदलयात्रा गर्न बाध्य भएका छन् ।

यसैगरी पहिरोले लेते खोला नजिकै करिब दश मिटर सडक बगाएको छ भने कुन्जोमा स्वास्थ्य चौकी तथा आमा समुहको भवन पूर्णरुपमा क्षति पु¥याएको छ । थासाङ गाउपालिका २ सौरुमा बाढीले दश घरमा क्षति पु¥याएको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमासमेत समस्या भएको छ । दैनिकजसो सडक अवरुद्ध हँुदा बजारमा स्याउ पठाउन समस्या भएकाले कृषकहरु निराश बनेका छन् ।
–––