१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब २०० अर्ब डलरका चिनीया सामानमा करवृद्धि शुरु



अ+ अ-

वासिङ्टन, ८ असोज (रासस/एएफपी)ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गर्नुभएको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ ।

योसँगै अमेरिका प्रवेश गर्ने कूल दुईसय ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात हुने करिब आधा सामानमा अब करको असर पर्नेछ । विभिन्न अध्ययनका अनुसार अमेरिकामा आम उपभोगका सामानको मूल्य बढ्नेछ ।

अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभावको प्रतिरक्षा गर्दै राष्ट्रपति ट्रम्पले चीनले स्वच्छ व्यापारलाई बढावा नदिए चीनबाट आपूर्ति हुने सबै सामानमा करवृद्धि गर्ने चेतावनी दिनुभएको छ । चीनले खासगरी बजारको लोभ देखाएर अमेरिकी उच्च प्रविधि, रोजगारी र ठूला उद्योग सुटुक्क चीन लगेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

बदलामा बेइजिङले पनि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने घोषणा गरिसकेको छ । चीनले ५ हजार २०० किसिमका अमेरिकी सामानमा ५ देखि १० प्रतिशत करवृद्धि गर्ने लक्ष्य राखेको छ । यो सहित अमेरिकाबाट आयात हुने करिब एकसय १० अर्ब डलर बराबरका सामानमा कर लाग्नेछ । अर्थात् अमेरिकाबाट आयात हुने सबै वस्तुमा अब कर लाग्नेछ ।

तर राष्ट्रपति ट्रम्पले “तेस्रो चरण”को करवृद्धि पनि हुने चेतावनी दिनुभएको छ । उहाँले चीनबाट आयात हुने अरु दुईसय ६७ अर्ब डलर बराबरका सामानमा करवृद्धि गर्ने उल्लेख गर्नुभएको छ । यो चेतावनी कार्यान्वयनमा आए चीनबाट आयात हुने सबै वस्तुमा करवृद्धि हुनेछ ।

विश्वका यी दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको संवाद पनि पछिल्ला समय पातलिएको छ । वाल स्ट्रिट जर्नलका अनुसार चीनले सेप्टेम्बरमा वासिङ्टन पठाउने भनिएको वार्ता टोलीको यात्रा कार्यक्रम रद्द गरेको छ । गत अगस्टको अन्त्यतिर भएको वार्तामा पनि खासै प्रगति भएको थिएन ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्ला व्यापारिक तनावले आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ । कोषका प्रवक्ता गेरी राइसले करवृद्धिले दुवै मुलुकका साथै विश्वका अन्य राष्ट्रमा पनि प्रभाव पार्ने बताउनुभयो ।