१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा सामान्य बिन्दुले कमी



अ+ अ-

काठमाडौँ, ६ मङ्सिर : धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्दु भएको छ ।

बिहीबार कूल १४३ कम्पनीको सात लाख ७४ हजार ६८६ कित्ता शेयर रु २५ करोड २५ लाख १८ हजार ३५४ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबार भएका दश उपसमूह मध्ये आज छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ समूह दुई दशमलव ६२, विकास बैंक दुई दशमलव २९, माइक्रोफाइनान्स छ दशमलव ७७ र जीवन बीमा २६ दशमलव शुन्य एक बिन्दुले घटेको छ ।

यस्तै होटल ३३ दशमलव ६४, जलविद्युत् पाँच दशमलव ३३, वित्त एक दशमलव ५३, निर्जीवन बीमा शुन्य दशमलव ५४, उत्पादन छ दशमलव २८ र अन्य तीन दशमलव ५७ बिन्दुले बढेको छ ।