३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वच्छ व्यवसायी सम्मेलन काठमाडौँमा शुरु



अ+ अ-

काठमाडौैैँ, ६ मङसिर : स्वच्छ व्यवसायको प्रवद्र्धन गरी दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले एशिया स्वच्छ व्यवसायी सम्मेलन ‘एशिया फेयर ट्रेड समिट–२०१८’ आजदेखि काठमाडौँमा शुरु भएको छ ।

स्वच्छ व्यवसायी समूह नेपालले आयोजना गरेको सम्मेलनमा नेपालसहित २१ देशका करीब १५० प्रतिनिधिको सहभागिता रहेको छ । तीन दिने सम्मेलनमा स्वच्छ व्यवसायको आगामी रणनीति, व्यवसायिक प्रवद्र्धन र बजार विस्तारबारे अवधारणा बनाउनेछ ।

सम्मेलनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले स्वच्छ व्यवसायको प्रोत्साहनका साथै नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न सम्मेलन उपयोगी हुने उल्लेख गर्नुभयो ।

उहाँले नेपाली परम्परागत हस्तकला संस्कृतिसँग जोडिएकोले पर्यटक आकर्षणको महत्वपूर्ण पाटो भएको भन्दै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन मेला, सम्मेलन सार्थक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी) का देशिय निर्देशक आर मारिस र विश्व स्वच्छ व्यवसायी समूहका अध्यक्ष रुडी दाइभीले नेपालले लिएको दिगो विकासको लक्ष्यलाई सार्थक तुल्याउन स्वच्छ व्यवसाय सम्मेलन उपयोगी हुने धारणा राख्नुभयो ।

स्वच्छ व्यवसायी समूह नेपालका अध्यक्ष व्यापार प्रवद्र्धनका साथै नेपाललाई विश्वबजारमा परिचित गराउन सम्मेलनले सहयोग पुग्ने उल्लेख गर्नुभयो । स्वच्छ व्यवसाय विपन्न नागरिकको जीवनस्तर उकास्न न्यायोचित ढङ्गले गरिने व्यापार हो । यो परम्परागत नाफा कमाउने व्यापारभन्दा भिन्न तरिकाको सामाजिक न्यायमा आधारित हुन्छ । जसले वस्तु उत्पादनमा लागेकालाई सामग्री खरीददेखि सहज बजारीकरणको व्यवस्था मिलाइदिन्छ ।

नेपालको जम्मा हस्तकला निर्यातको २० स्वच्छ व्यवसायी समूहका सदस्यले योगदान गरेको र हस्तकला, खाद्य परिकारलगायत उत्पादनमा करीब ४५ हजारले रोजगारी पाएको संस्थाले जनाएको छ ।

फेयर ट्रेड सन् १९९६ देखि नेपालमा शुरु भएको यो सम्मेलन विश्वव्यापी र क्षेत्रीय रुपमा गरिसकेको छ । यो चौथो सम्मेलन हो । प्रत्येक दुई वर्षमा आयोजना हुने सम्मेलन स्वच्छ व्यवसायको प्रवद्र्धन तथा न्यून आयका जनसमुदायको जीवनमा गुणात्मक सुधारका लागि रणनीति बनाइने आयोजकले जनाएको छ ।  (रासस)