१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भट्टराईका दुईवटा भजनसङ्ग्रह बजारमा



अ+ अ-

काठमाडौँ, ८ मङ्सिर:  गीतकार कुमार भट्टराईद्वारा लिपिबद्ध दुई भजन सङ्ग्रह ‘शिव लिला’ र ‘अग्रता काली’ सार्वजनिक गरिएको छ ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले शुक्रबार यहाँ आयोजित कार्यक्रममा दुवै कृति विमोचन गर्नुभएको हो । दुबै भजन सङ्ग्रह हिन्दूधर्मसँग सम्बन्धित नेपाली भजन हुन् ।

‘शिव लिला’ एल्बममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्माग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्बममा मनोजराज शिवाकोटी, ईश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ ।

दुवै एल्बममा छ छवटा गीत समावेश छन् ।

सबै गीतमा बिजु बज्रको सङ्गीत रहेको छ ।

विमोचित दुई कृतिसँगै गीतकार भट्टराईका एल्बम तीन पुगेका छन् । यसअघि उहाँले २०७१ मा ‘अग्रता’ नामक एल्बम बजारमा ल्याउनुभएको थियो ।