३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार ओरालो लागेकै बेला किनभयो स्टक एक्सचेन्जमा धर्ना ?



अ+ अ-

काठमाडौं, १० मंसिर । नेपालको सेयर बजार ओरालो लागिरहेका बेला नेपाल लगानी संघले आज नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ ।
स्टक एक्सचेन्जले पछिल्लो समयमा सफ्टवेयरबाटै सबै कारोबार गर्नेगरी उक्त सफ्टवेयर शुरुआत गरेको थियो । तर त्यसमा देखिएको गडबडीले गर्दा अहिले ओरालो लागेको सेयर बजार झनै खस्किन पुगेको लगानी संघले जनाएको छ । सोही कारण आज बिहान कार्यालय खोल्नासाथै लगानीकर्ताहरु धर्नाका लागि सिंहदरबार प्लाजास्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगेका थिए ।

उनीहरुले उक्त सफ्टवेयरबाट कारोबारसम्बन्धी लगिन नहुने, किनबेच गर्नका लागि अनुरोध गर्न र बेच्न खोज्दा सफ्टवेयरले नलिने र पटक पटक अवरुद्ध हुने, व्यक्तिगत विवरण प्रत्येक पटक राख्नुपर्नेजस्ता समस्या देखिएको बताएका छन् ।

यस्तो समस्याको बारेमा जानकारी गराई यसलाई तत्कालै सच्याउन मागगर्दा पनि एक हप्ताभन्दा लामो समयदेखि उक्त कार्यालयले बेवास्ता गरेकोले लगानीकर्ताहरु आज कार्यालय घेराउमा पुगेका थिए । गएको एक हप्तादेखि उक्त सफ्टवेयर सच्याउन अनुरोध गरेपनि नमानेको र ओरालो लागिरहेको सेयर बजारमा यस सफ्टवेयरले झनठूलो असर पारेकोले त्यसको विरोधमा आज नेपाल स्टक एक्सचेन्ज घेराउ गरिएको लगानीकर्ताहरुले जनाएका छन् ।

स्टककाे विज्ञप्तीः stock exchange