१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार ओरालो लागेकै बेला किनभयो स्टक एक्सचेन्जमा धर्ना ?



अ+ अ-

काठमाडौं, १० मंसिर । नेपालको सेयर बजार ओरालो लागिरहेका बेला नेपाल लगानी संघले आज नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ ।
स्टक एक्सचेन्जले पछिल्लो समयमा सफ्टवेयरबाटै सबै कारोबार गर्नेगरी उक्त सफ्टवेयर शुरुआत गरेको थियो । तर त्यसमा देखिएको गडबडीले गर्दा अहिले ओरालो लागेको सेयर बजार झनै खस्किन पुगेको लगानी संघले जनाएको छ । सोही कारण आज बिहान कार्यालय खोल्नासाथै लगानीकर्ताहरु धर्नाका लागि सिंहदरबार प्लाजास्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगेका थिए ।

उनीहरुले उक्त सफ्टवेयरबाट कारोबारसम्बन्धी लगिन नहुने, किनबेच गर्नका लागि अनुरोध गर्न र बेच्न खोज्दा सफ्टवेयरले नलिने र पटक पटक अवरुद्ध हुने, व्यक्तिगत विवरण प्रत्येक पटक राख्नुपर्नेजस्ता समस्या देखिएको बताएका छन् ।

यस्तो समस्याको बारेमा जानकारी गराई यसलाई तत्कालै सच्याउन मागगर्दा पनि एक हप्ताभन्दा लामो समयदेखि उक्त कार्यालयले बेवास्ता गरेकोले लगानीकर्ताहरु आज कार्यालय घेराउमा पुगेका थिए । गएको एक हप्तादेखि उक्त सफ्टवेयर सच्याउन अनुरोध गरेपनि नमानेको र ओरालो लागिरहेको सेयर बजारमा यस सफ्टवेयरले झनठूलो असर पारेकोले त्यसको विरोधमा आज नेपाल स्टक एक्सचेन्ज घेराउ गरिएको लगानीकर्ताहरुले जनाएका छन् ।

स्टककाे विज्ञप्तीः stock exchange