३२ असार २०८३, बिहीबार
,
Latest
उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहकार्य आवश्यकः मन्त्री श्रेष्ठ महँगो मुल्यमा विक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा टोपी फुकाल्नुपर्दा …



अ+ अ-

काठमाडौ – पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल विदेश भ्रमणमा जाँदै हुनुहुन्थ्यो । विमानस्थलमा सुरक्षा जाँचका क्रममा उहाँलाई टोपी फुकाल्न भनेपछि उहाँको कनसिरी तातिएर आयो । सुरुमा त उहाँले मान्नुभएन । तर दोस्रो व्यक्तिले समेत टोपी फुकाल्न भनेपछि नफुकाली धरै पाउनुभएन ।

यो घटनाले आफ्नो स्वाभिमानमा चोट पुगेको डा. ढकालले बताउनुभएको छ ।

त्रिभुवन विमानस्थलको सुरक्षा निरीक्षणको क्रममा शीरको टोपी फुकाल्नुपरेपछि उहाँले आफ्नो गौरव र आत्मसम्मानमा ठूलो प्रहार भएको अनुभूति भएको बताउनुभएको हो ।  ।

यसअघि थुप्रै देशविदेशको भ्रमण गरिसक्नुभएका ढकालले अहिलेसम्म कहीँ कतै पनि  टोपी खोल्नु परेको थिएन । आफ्नै देशको विमानस्थलमा टोपी फुकाल्नुपर्दाको अनुभवबारे फेसबुकमा लेख्दै उहाँले भन्नुभएको छ ‘एकाध पटकका बेलामा जवाफ दिएको छु ‘म नेपालबाट र यो मेरो राष्ट्रिय पहिचान हो । म गौरवका साथ टोपी ढल्काएर हिँड्छु ।’

सुरक्षा जाँचका क्रममा मन अमिलो भएको भन्दै उहाँले भन्नुभएको छ ‘सुरक्षाका कारणले सर्वाङ्गको निरीक्षण स्वाभाविकै होला । तर शीरको टोपीका विषयमा म सन्तुष्ट हुन सकिन । प्रविधिको विकासले टोपीको परीक्षण गर्नलाई फुकाल्नैपर्ने बाध्यता त पक्कै पनि दिएको छैन । सम्बन्धित निकायमा आफ्नो दुःख त बिसाएँ । तर आँखा रसाइरहे । केही धार्मिक सम्प्रदायका केही प्रचलनको सम्मान गरेजस्तै गरी राष्ट्रको गौरव र पहिचानको पनि सम्मान गर्न पाए …..’