२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार थामियो



अ+ अ-

काठमाडौँ, ११ मङ्सिर(रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ विन्दुले बढेर २४६ दशमलव ९६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ८८ हजार १६९ कित्ता शेयर रु २३ करोड १६ लाख ८२ हजार ९६१ मा खरीद बिक्री भएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको र बाँकी पाँच उपसमूहको बढेको छ । बैङ्किङ दुई दशमलव २२, होटल १० दशमलव ०८, विकास बैङ्क तीन दशमलव ८६, जलविद्युत् चार दशमलव ८१ र अन्य दुई दशमलव २७ विन्दुले बढेको छ । यस्तै वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा २७ दशमलव ९३, उत्पादन एक दशमलव सात, लघुवित्त एक दशमलव ४८ र जीवन बीमा छ दशमलव शून्य एक विन्दुले घटेको छ । सामान्य सुधार भएको बजारमा सूर्याेदय लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलर्पस लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, समिट माइक्रोफाइनान्सका शेयरधनीले कमाएका छन् ।

यस्तै एनएलजी इन्सुरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैङ्क, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले गुमाएका छन् । यस्तै नेपाल क्रेडिट एण्ड कर्मस बैङ्क लिमिटेडको एक करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद शेयर स्कटमा सूचीकृत भएको छ ।