१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो तामाकोशीको शेयर सबैलाई



अ+ अ-

काठमाडौँ, ११ मङ्सिरः  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले गोलाप्रथा गरी एक लाख ७२ हजार ७७५ आवेदकलाई ५० कित्ता शेयर दिइएको छ ।

तामाकोशीको शेयरमा तीन लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन लाख ३४ हजार ७५ आवेदकले मात्रै शेयर पाएका छन् । विगतमा आवेदन दिएका र दोहो¥याएर आवेदन दिएका पाँच हजार ७०० आवेदकको शेयर आवेदन भने रद्द गरिएको छ ।

कम्पनीले सर्वसाधारणलाई एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीले बिक्री गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि तीन लाख ३९ हजार ७५ आवेदकले आवेदन दिएका थिए ।

कम्पनीले यसअघि सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गरेको थियो ।

जलविद्युत् आयोजनाको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्कासनकर्ता सनराइज क्यापिटल लिमिटेड रहेका थिए । कम्पनीले कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

उक्त योजनामा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल भौतिक प्रगति ९७ प्रतिशत भएको छ ।(रासस)