१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद डा पाठकको प्रश्न– के महालेखाको प्रतिवेदन गलत हो ?



अ+ अ-


काठमाडौं । यतिखेर देशमा वायु सेवा निगमले किनेको जहाजको बडो चर्चा छ । नेपाल वायुसेवा निगमले किनेको वाइडबडी विमानको प्रक्रियामा अनियमितता भएको भन्दै सत्तारुढ र विपक्षी दलका समेत सांदहरुले व्यापक मात्रामा प्रश्न उठाएका छन् । उनीहरुमध्ये अधिकांशले त कारबाहीको लागि सिफारिस गर्न समेत माग गरेका छन् ।
संसदको लेखा समितिको आइतबार बसेको बैठकमा सत्तारुढ नेकपाका सांसद प्रेम आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएका ठहर गरिसेकेको र निगमका महाप्रवन्ध सुगतरत्न कंसाकारले समेत महालेखाको प्रतिवेदन सही भएको स्वीकार गरेको भनेका थिए ।
त्यस लगत्तै समिति सदस्य सांसद डा.सूर्य पाठकले अर्काे प्रश्न तेस्र्याए । उनले प्रश्न गरे– त्यसो भए के महालेखा परीक्षकको प्रतिवेदन गलत छ त ? त्यसपछि भने कंसाकार अक्क न बक्क परेका थिए । सांसद डा.पाठकले पुनः जोड गरे यस विषयमा ठोस जवाफ दिनुपर्यो । त्यसपछि महाप्रवन्धक कंसाकारले महालेखा जस्तो निकायले गलत प्रतिवेदन दिएको आफूले भन्न नसक्ने बताएका थिए ।
नेकपाकै अर्का सांसद अमनलाल मोदीले भ्रष्टाचार भएकै छैन भन्न नसकिने भन्दै यसमा संलग्न अधिकारीहरुलाई कारबाही हुनुपर्ने बताए । बैठकमा सहभागी अन्य सांसदहरुले पनि कंसारकामाथि प्रक्रियाको विषयमा प्रश्न गरेका थिए ।
तर निगमका महाप्रवन्धक कंसाकारले भने वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता नभएको दाबी गरेका थिए । ‘हामीले खरिद गरेको भन्दा सस्तोमा जहाज आउँछ भन्ने पनि कुरा आयो’ उनले भने, ‘हामीले टेण्डर आह्वान गरेर जहाज खरिद गरेका हौं ।