२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थले राष्ट्रपति चुरे कार्यक्रमलाइ दियाे डेढ अर्ब रूपैयाँ



अ+ अ-

काठमाडाैं, १४ मंसिर । अर्थ मन्त्रालयले राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिका लागि चालु अार्थिक वर्षकाे कार्तिक महिनामा एक अर्ब ४६ कराेड २६ लाख २५ हजार रकमान्तर निकासा दिएकाे छ ।

यसैगरी, अर्थले फिक्स्ड विङ्स जहाज खरिदकाे भुक्तानी गर्ने प्रयाेजनका लागि जङ्गी अड्डालाइ ५९ कराेड, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाइ करिब १ अर्ब ६८ कराेड, नेपाली सेनाकाे नयाँ एम्युनिसन प्लान्ट स्थापना गर्न २ अर्ब ४५ कराेड ५० लाख रकमान्तर गरेकाे छ ।

यसबाहेक विभिन्न मन्त्री, सरकारी पदाधिकारीका लागि भएकाे भ्रमण खर्चकाे भुक्तानीका लागि पनि अर्थले रकम रकमान्तर गरेकाे जनाएकाे छ ।

यसअघि चालु अार्थिक वर्षकै साउन, भदाै र असाेज महिनामा समेत अर्थ मन्त्रालयले रकमान्तर गरी विभिन्न निकायलाइ रकम उपलब्ध गराएकाे छ ।

साउन महिनामा बिमस्टेक सम्मेलनका लागि उपयुक्त सवारी साधन बुलेट प्रुफसमेत भाडामा लिन गृह मन्त्रालयकाे नाममा २ कराेड रकमान्तर गरिएकाे अर्थ मन्त्रालयले जनाएकाे छ ।