७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

पोल्यान्डको खनिज क्षेत्र, कोइला नै जीवनको आधार

पोल्यान्डको खनिज क्षेत्र, कोइला नै जीवनको आधार
अ+ अ-

माजा जारनेका

पोल्यान्ड, १६ मङ्सिर:  “यो परिवारको कुरा हो । मेरो बुबा, मेरो हजुरबुबा खानीमा काम गर्नुहुन्थ्यो, त्यही काम मैले पनि गरिरहेको छु,” पोल्यान्डको दक्षिणी शहर केनुरोमा कोइला खानीमा काम गर्ने अर्काडिउज वोज्सीक बताउँछन् ।

उनी जीवनमा आइपर्ने खतरासँग जुधेर दिनहुँ खानीमा पुग्छन् । तैपनि, पोल्यान्डका कोइला खानीमा बाबुदेखि छोराहरु काममा जुटेका छन् ।

पश्चिमी युरोपमा कोइला खानीको पेशा ओझेलमा पर्न थालिसकेको छ, तर पोल्यान्डाको साइलेसियन कोइला क्षेत्रको चमक अझै मेटिएको छैन । बढी ज्याला र सरकारी सहयोगले कामदारलाई आकर्षिक गरिरहेको छ । पोल्यान्ड सरकारले समेत अर्थतन्त्रलाई स्वच्छ उर्जामा रुपान्तरण गर्नेतर्फ खासै पहल नगरेका कारण मजदूरहरुले काम पाइरहेका छन् ।

ब्रसेल्स, बर्लिन र पेरिसमा आजभोलि कोइला शत्रु हो । पृथ्वीको बढ्दो तापक्रमका लागि मुख्य भूमिका खेलेको दोषारोपण गरिएको कार्बन डाइअक्साइड यही कोइलाबाट सबैभन्दा बढी उत्पादन हुन्छ । तर, पोल्यान्डमा कोइला जीवनको आधार हो, र त्यसमा तत्कालै परिवर्तन हुने सम्भावना छैन ।

“यहाँ सिलेसियामा यो एउटा परम्परा हो,” ६५० मिटर (२१०० फिट) गहिराइमा रात्रिकालीन सिफ्टमा भर्खर काम गरेर बाहिर निस्कँदै गरेका ३६ वर्षीय वोज्सिक बताउँछन् । केनुरो कोइला खानी दिन र रात दुवै समय चल्छ । यहाँ चार सिफ्टमा काम हुन्छ । तर एउटा कुरा सबै सिफ्टमा लागू हुन्छ, त्यो हो जोखिम ।

“हो, हामी त्रसित हुन्छौं । दुर्घटनाहरु भइरहन्छन्, यो त कामको एक अभिन्न हिस्सा भइहाल्यो नि,” खानीको लिफ्टबाट माथि निस्किएका राडोस्ला रुमिनिस्की भन्छन् । “तर हामी भित्र काम गर्न जाँदा यो कुरालाई दैनिक रुपमा सम्झदैनौं,” ३७ वर्षीय रुमिनिस्कीले बताए ।

यसवर्ष हालसम्म पोल्यान्डमा २१ जना कोइला कामदारको मृत्यु भएको छ । गत वर्ष, १५ जनाको मृत्यु भएको थियो । सन् २०१४ मा सबैभन्दा बढी ३० जना मजदूरले ज्यान गुमाएका थिए ।

खतराको भरपाई गर्ने उपाय पनि छ, त्यो हो पैसा ।

“हो, मलाई तलबले नै आकर्षित गरेको हो किनभने अरु क्षेत्रको भन्दा यहाँ तलब बढी छ,” कोइला मजदूर कामिल गान्कोले बताए । यी ३३ वर्षीय मेसिन अपरेटरले आफूले पाइआएको तलब बताउन चाहेनन्, तर मजदूरले प्रति महिना एक हजार ६०० युरो (१८०० डलर) सम्म कमाउन सक्छन् ।

यो रकम औसत पोल्यान्डको ज्याला ८१३ युरोभन्दा दोब्बर हो ।

मजदूरहरुले कम्युनिष्ट शासनकालमा व्यवस्था गरिएका विभिन्न किसिमका सुविधा पनि हालसम्म उपभोग गर्न पाएका छन् । जस्तै, हरेक वर्ष दुई महिनाको अतिरिक्त तलब । यो सुविधा हरेक वर्षको डिसेम्बर र फेब्रुअरीमा वितरण गरिन्छ ।

यस्तै, हरेक मजदूरले हरेक वर्ष आठ टन कोइला घर लैजान पाउँछन् । धेरै घरपरिवार खनिज इन्धनमा निर्भर रहेकाले यो कोइलाले उनीहरुलाई धेरै राहत पुग्ने गरेको छ ।

कोइला खानीमा २५ वर्ष काम गरिसकेका मजदूरले सुविधा सहित अवकाश पाउँछन् । तर कतिपयका लागि यो केही चाँडो पनि हुन सक्दछ ।

“मेरा पतिको अवकाश पाउनु आठ महिना अघि मृत्यु भयो,” अगाटा कोवाल्जीकले बताइन् । कोइला खानी विधवा संघ पनि उनले खोलेकी छिन् । “कोइला खानीका व्यवस्थापक र एकजना मनोविज्ञानवेत्ताले पतिको मृत्युको खबर मलाई दिएका थिए ।” पतिको निधनका बाबजूद उनका छोराहरुले काम छाडेका छैनन् ।

“मेरा चार जनामध्ये दुई छोराले निरन्तर काम गरिरहेका छन् । सबैभन्दा ठूलो छोरो जमिनमुनि काम गर्दछ । ऊ रातिको सिफ्टमा काम गर्न रुचाउँछ, र यस्तो बेलामा ज्याला पनि बढी हुन्छ,” उनी बताउँछिन् ।

“यहाँ अरु काम पनि पाइन्न । यहाँ ठूला रोजगारदाता पनि छैनन् । खानी बन्द भए यी हजारौंले के काम गर्ने होला ? अहिलेलाई सिलेसियामा अरु कुनै विकल्प छैन,” उनी थप्छिन् ।

राज्य नियन्त्रित जेएसडब्लु कम्पनी मातहत सञ्चालित चारवटा कोइला खानीमध्ये केनुरो एउटा हो । यो कम्पनी युरोपमै उच्च गुणस्तरको कोइला उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । यो कोइला मुख्य रुपमा स्टील उद्योगमा खपत हुन्छ ।

स्टक एक्सचेन्जमा पनि सूचीकृत जेएसडब्लुमा करिब २७ हजार कामदार छन् । पोल्यान्डामा यो नै सबैभन्दा बढी कामदार भएको कम्पनी हो ।

यस कम्पनीले अरु दुईवटा कोइला खानी क्षेत्रबाट उत्खनन् गर्ने सोच बनाएको छ । यहाँको कोइलाको अधिकांश हिस्सा युरोपेली बजारमा बिक्री हुन्छ । जेएसडब्लु पनि पोल्यान्डमा हुने राष्ट्रसंघीय कोप–२४ को विश्व जलवायू सम्मेलन एउटा मुख्य प्रायोजक पनि हो ।

यहाँको कोइला खानीमा युक्रेनका साथै चेक रिपब्लिक, हङ्गेरी, स्लोभाकीया र स्पेनबाट पनि मजदूरहरु कामका लागि आउने गरेका छन् । “युरोपेली युनियनले पोल्यान्डका खानी बन्द गर्न चाहेको छ । तर त्यसपछि के होला ? पोल्यान्डमा हावा वा सौर्य ऊर्जा छैन,” ट्रेड युनियनमा आबद्ध काजीमिर्ज ग्राजकारेकले बताए ।

“यी सबै मानिस कहाँ जान्छन् ? उनीहरुले कहाँ काम गर्ने हो ? प्रत्येक खानी मजदूरले सेवा क्षेत्रमा चारवटा रोजगारी सिर्जना गरिरहेको छ ।”

पोल्यान्डले हाल ठूलो, नयाँ कोइलायुक्त ऊर्जा उत्पादन केन्द्र बनाउँदैछ र यसलाई ठूलो परिमाणमा कोइलाको आवश्यकता पर्नेछ । (रासस/एएफपी)