१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सान्जेनको सह निस्काशन कर्ता सम्झौता



अ+ अ-

 

सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ ।

विहीबार कोषमा भएको सो सम्झौतामा कोषका कार्यकारी निर्देशक श्री रमण नेपाल तथा सन्राईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।

दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि छुट्टयाईएको ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि छुट्टयाईएको ३६ लाख ५० हजार कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयरको लागि सनराईज क्यापिटल र एनएमबि क्यापिटललाई कोषको जिम्मेवारीमा सह–निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सामेल गराउने सम्झौता गरिएको सूचना अधिकारी उद्धव सिलवालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उक्त सम्झौता भएको कार्यक्रममा कोषका मुख्य व्यवस्थापक श्री सुशील कुमार अर्याल, का.मु व्यवस्थापक श्री शोभा श्रेष्ठ, उपव्यवस्थापक श्री सुमन पौडेल र पुँजी बजार शाखा प्रमुख श्री रोशन जंग कार्की तथा सह निस्कासन कम्पनी सनराइज क्यापिटलको तर्फबाट श्री विजेन्द्र न्हुच्छे प्रधान एबं एनएमबि क्यापिटलबाट श्री कमल प्रसाद नेपाल सहभागी हुनुहुन्थ्यो ।