१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाकाे बैठकमा गाइजात्रा, समयमै शुरू नभएपछि हिँडे – प्रवक्ता नारायणकाजी



अ+ अ-
नेकपा सचिवालयका पदाधिकारीहरू ।

काठमाडौं, २२ मंसिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बैठकहरू यतिबेला गाइजात्रा झैं हुन थालेका छन् । पार्टी र सरकारसँग सम्बन्धित कैंयाैं विषयमा अालाेचना र उजूरीकाे चाङ भएपनि त्यसलाइ सम्बाेधन गर्न मुख्य नेताहरूले खासै पहल नगरेकाे अाक्षेप लाग्ने गरेकाे छ ।

तर अाश्चर्य, ताेकिएकाे बैठक समेत हुन नसकेर बैठक नै बहिस्कार गर्नु परेकाे पार्टीकै प्रवक्ताकाे भनाइ सार्वजनिक भएकाे छ । शुक्रबारकै लागि डाकिएकाे सचिवालय बैठक शनिबार पनि नेताहरू भेला हुन नसकेर स्थगित भएकाे छ ।

केही संचार माध्यमले चार नेताले बैठक नै बहिस्कार गरेकाे जनाएका छन् । एकनाथ ढकालकाे अग्रसरतामा भएकाे इसाइहरूकाे सम्मेलनकाे मुख्य हर्ताकर्ता रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी भएनन् । उक्त सम्मेलनप्रति नेकपाकै नेताहरूबीच मत बाझिएकाे छ । नेताहरू झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सचिवालय बैठकमा उपस्थित भएनन् ।

नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

तर, प्रवक्ता श्रेष्ठले आफूले सधैँ समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताउनुभयाे । अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिँड्ने गरेको भन्दै उहाँले भन्नुभयाे, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’

पार्टी महासचिव बिष्णु पौडेलले उक्त प्रकरणमा प्रतिकृया दिनुभएकाे छः

जम्मा ३ बजेर १७ मिनेट भएको थियो । अध्यक्षद्धय बैठक कक्ष आउँदै हुनुहुन्थ्यो, उहाँहरु गइसक्नु भएछ । हामीलाई पनि अचम्म लाग्यो । समय महत्वपूर्ण हो तर यो घटना यही मुद्दाबाट मात्र निर्देशित देखिंदैन ।

यसै प्रसंगमा नेकपाका केन्द्रीय सदस्य एवं माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँका प्रेस सल्लाहकार रहनुभएका विष्णु रिजाल ट्वीटर र फेसबुकमा लेख्नुहुन्छः

“बालुवाटारको आजको घटनापछि ८ बर्षअघि तत्कालीन अध्यक्ष कमरेड झलनाथ खनाल प्रम हुँदाको घटना सम्झना भएको छ । प्रवेशद्वारमा प्रहरीले ‘भित्रबाट हजुरहरूको नाम आएको छैन, भित्र सोध्छौं हजुर’ भन्दा कमरेड केपी ओली ‘यस्तो अपमान सहिंदैन’ भनेर एक मिनेटमा त्यहाँबाट फर्किनुभएको थियो र त्यसपछि जेएन कमरेड प्रम हुँदासम्म बालुवाटारमा पाइला हाल्नुभएन ।”