१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषदको बैठक सिंहदरबारमा बस्दै, नयाँ प्रधानन्यायाधीश सिफारिस गरिने



अ+ अ-

काठमाडौ । संवैधानिक परिषदको वैठक आज बेलुका ५ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठक प्रधान न्यायाधीश नियुक्तिको सिफारिसमा केन्द्रीत हुने कार्यक्रम स्रोतको दाबी रहेको छ ।

प्रधानन्यायाधीशमा यसअघि न्याय परिषदले दुई जनाको नाम सिफारिस गरेको छ। सर्वोच्चका दुई जना बरिष्ट न्यायाधीशहरू चोलेन्द्र शम्शेर राणा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा छ । उक्त नाम मध्ये एकलाई सिफारिस गर्न यसअघि बसेको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापतिको समया अभावको कारण रोकिएको थियो ।

तथापि बैठकमा दुवै न्यायाधीशको नाम प्रस्तावित भएको थियो । आजको बैठकले सम्भवतः चोलेन्द्र शम्शेरको नाम भावी प्रधान न्यायाधीशका लागि मनोनयन गर्नेछ ।
प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहने ब्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र कानुनमन्त्री रहने प्रावधान रहेको छ ।