१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्र सकसमा : अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सकसमा परेको बताएका छन् ।

आज अर्थसमिति बैठकमा बोल्दै मन्त्री खतिवडाले भने देशको अर्थतन्त्रमा ज्वारो आएको छ । मन्त्री खतिवडाले तर त्यो ज्वारोलाई बच्चाको दात आउँदा आएको ज्वरो भएका सज्ञा दिए ।
उनलाई उक्त समितीले सेयर बजारका विषयमा छलफल गर्न बोलाएको थियो । बैठकमा बोल्दै उनले सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सके आर्थिक वृद्धिदरमा सहयोग पुग्ने बताए ।

मन्त्री खतिवडाले त्यसो भनि रहदाँ उता नेपाल इस्टक एक्स्चेजमा सेयरका लगानि कर्ताहरुको आमरण अनसन आज तेस्रो दिन पनि जारी रहेका छ । नेपालको सेयर बजार सुधारको माग गर्दै अनसन सुरु गरेका हुन् । उनिहरुले बजारमा सुधार नदेखिए अर्थमन्त्री।को राजिनामा माग्ने बताएका छन् ।

यता मन्त्री खतिवडाले सेयर बजारमा लगानी गर्दा कति समय होल्ड गर्न सकिन्छ विचार गरेर मात्रै लगानी गर्नु पर्ने बताए । उनको धारणा थियो, सेयर बजारलाई राष्ट्रिय पुँजी निर्माण बनाउनु पर्छ ।