१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएल : भैरहवा प्लेअफमा



अ+ अ-

काठमाडौँ । भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा छ विकेट गुमाएर पुरा गर्यो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए ।

यस्तै कप्तान शरद भेषावकरले १६, रवी इन्दर सिंहले १२, प्रदीप ऐरीले १० रन बनाए भने रोहित पौडेल सात रनमा नटआउट रहे । विराटनगरका भान डेर मेर्वीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९१ रन मात्र बनाएको थियो ।

विराटनगरका लागि भान डेर मेर्वीले २५, करण केसीले १८, सुमित महर्जनले १५ रन बनाएका थिए भने हरिबहादुर चौहान १३ रनमा नटआउट रहेका थिए । विराटनगरलाई ९१ रनमै समेट्ने क्रममा भैरहवाका लागि मोहमद नाभिदले चार विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले दुईरदुई विकेट लिए ।

विराटनगरविरुद्धको जीतसँगै भैरहवाले तीन खेलबाट छ, अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित बनाएको छ । अब भैरहवाले ललितपुर र काठमाडौँसँग खेल्न बाँकी छ । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो ।

दुई खेलमा चार अङ्क जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई पराजित गरेको थियो । सोही मैदानमा आज हुने दोस्रो खेलमा काठमाडौँ किङ्ग्स ११ र ललितपुर प्याट्रियसबीच खेल भइरहेको छ । रासस