१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोगडा माबिका पूर्व प्रअ जैस मुहम्मदमाथि भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगडा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक जैस मुहम्मदले किर्ते गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले जैस मुहम्मद बिरुद्ध कार्बाहीको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जानकारी दिनुभयो । विद्यालयका लागि विज्ञान सामग्री खरिद नगरी नक्कली बिल भरपाई पेस गरी भ्रष्टाचार गरेको उनीमाथि आरोप छ ।

गैरकानूनी तरिकाले सरकारी कागजको व्यहोरा सच्याई रू दुई लाख सैतीस हजार नौ सय सत्र भुक्तानी लिएको सप्रमाण पुष्टि हुन आएको आयोगको अनुसन्धानबाट देखिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर देखिएकोले निजलाई सोही ऐनको दफा ११ बमोजिम सजाय गर्न मागदाबी गरेको छ ।