२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेकी मेङको ‘बदला’मा चीनले पक्रियो दुई जना क्यानडेली



अ+ अ-

चिन । चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत तथा उपाध्यक्ष सरविना मेङ वानजाउलाई पक्रेको ‘बदला’मा चीनले दुई क्यानडेलीलाई हिरासतमा लिएको छ।
आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको भन्दै चीनले क्यानडाका एकजना कूटनीतिज्ञ र एकजना व्यापारीलाई केही दिनअघि पक्राउ गरेर अनुसन्धान थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
साउथ चाइना मर्निङ पोष्ट पत्रिकाका अनुसार चीनमा बसेर उत्तर कोरियालाई लक्षित गरी व्यापार गर्ने क्यानडेली माइकल स्पाभोरलाई नियन्त्रणमा लिएर चीनले अनुसन्धान थालेको छ।
स्पाभोर मंगलबार साँझ दक्षिण कोरियाको राजधानी सउलमा एक कन्फ्रेन्समा सहभागी हुने कार्यक्रम थियो। तर उनी त्यहाँ नदेखिएपछि शंका उब्जेको थियो।
चीनले बुधबार उनलाई नियन्त्रणमा लिएको सार्वजनिक गरेको छ।
यसअघि सोमबार बेइजिङ भ्रमणमा रहेका क्यानडेली कूटनीतिज्ञ माइकल क्रोभिकलाई नियन्त्रणमा लिइएको थियो।
यता क्यानडाको भ्यानकुभरमा पक्राउ परेकी हुवावेकी उपाध्यक्ष मेङलाई कडा निगरानीका बीच हिरासतमुक्त गरिएको छ।
धरौटीमा रिहा भएकी मेङको खुट्टामा जिपिएस ब्रासलेट बाँधिएको छ। यसले उनी कहाँकहाँ गइन् भन्ने देखाउँछ। निजी सुरक्षागार्डले २४ सै घन्टा उनको निगरानी गर्ने सर्त पनि राखिएको छ। मेङका हङकङको र चिनियाँ दुबै पासपोर्ट पनि क्यानडेली अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।
मेङ भ्यानकुभरमा पतिको नाममा रहेको घरमा बस्नेछिन्। उनी फ्रेबुअरी ६ मा हुने सुपुर्दगी सुनुवाइका लागि अदालत जानेछन्।
अमेरिकाले इरानमाथि आफूले लगाएको प्रतिबन्ध उल्लंघन गर्दै हुवावेले सामान पठाएको आरोपमा मेङलाई पक्राउ गर्न लगाएको हो। उनलाई अमेरिका सुपुर्दगी गर्न उसले क्यानडालाई भनिरहेको छ।एजेन्सी