२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाको सेवा घरघरमै



अ+ अ-

 

रुकुम । जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा मुसिकोट– ९ ले वडामा पाइने सम्पूर्ण सेवा घरघरमै पुगेर दिएको छ ।

एक हप्ताको बीचमा वडाले वडाका सम्पूर्ण घरघरमै सेवा पुर्याउने उद्देश्यले गाउँगाउँमा पुगेर घुम्ती शिविर आयोजना गरेको थियो । जसबाट वडावासीले वडाका साथै स्वास्थ्य तथा पशु सेवा शाखाबाट पाइने सेवासमेत पाएका छन् । नागरिकलाई गाउँगाउँमा सिंहदरबार आएको महशुस गराउनका लागि गाउँगाउँमा पुगेर सेवा दिएको वडाध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो । वडाले कामी गाउँ हिल, लिउडाँडा चौखावाङ, कुन्सिम्ला र वडा कार्यालय होल्तारामा एकीकृत घुम्ती शिविर आयोजना गरी सेवा दिएको उहाँको भनाइ छ ।

वडाले सञ्चालन गरेको एकीकृत शिविरबाट १० जनालाई विभिन्न खाले व्यक्तिगत सिफारिश, पाँच जनालाई नागरिकता र तीन जनालाई नागरिकताको प्रतिलिपिको सिफारिश गरिएको छ भने २५ जनाको जन्मदर्ता, दुई जनाको विवाह दर्ता, दुई जनाको मृत्यु दर्ता र नौ जना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने फारम भरिएको छ ।

यसैगरी २३५ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको छ । त्यस्तै २४५ घरपरिवारलाई विभिन्न खाले पशु चौपायका लागि निःशुल्क औषधि पनि वितरण गरिएको छ । जसबाट एक लाख २५ हजार ३०९ रुपैयाँ राजश्व सङ्कलन भएको वडाले जानकारी दिएको छ । रासस