२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियालाइ सहयोग अन्त्य गर्ने विषयमा सिनेट मतदान



अ+ अ-


वासिङ्टन । साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने विषयको प्रस्तावलाई अमेरिकी सिनेटले बहुमतले पारित गरेको छ ।

साउदी पत्रकार जमाल खशोग्जीको हत्याको विषयलाई लिएर ट्रम्प प्रशासन र कङ्ग्रेसबीच तनाव जारी रहेको छ । सिनेटरबीच उक्त विवादका विषयमा छलफल हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा ६० र विपक्षमा ३९ मत परेको थियो । उक्त प्रस्ताव रिपब्लीकन सिनेटर माइक ली र स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले अघि सार्नु भएको थियो ।

खशोग्जीको हत्यामा साउदी राजकुमारको प्रत्यक्ष संलग्नता रहेको विभिन्न अनुसन्धानले देखाउँदै आएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया अमेरिकीको असल मित्रको रुपमा रहेकाले राजकुमारमाथि आरोप लगाउन नमिल्ने तर्क राख्दै आउनुभएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री जेम्स म्याटिसले सिनेटको बैठकमा खशोग्जीको हत्या र यमनको द्वन्द्वको विषयमा बिहीबार जानकारी गराउनुहुनेछ । रासस