३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु ३०० ले घट्यो सुन



अ+ अ-

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार प्रतितोला रु ५९ हजार ८०० मा सुन कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घल जनाएको छ । महासङ्घका अनुसार तेजावी सुन रु ४०० ले घटेर आज प्रतितोला रु ५९ हजार २०० मा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला रु ७३० मा कारोवार भएको चाँदी आज रु पाँचले बढी रु ७३५ मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य रु ५१ हजार १० कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको मूल्य भने रु ६३० तोकिएको छ ।