१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध वितरण आयोजनाको क्षमतामा सुधार



अ+ अ-

हेटौँडा । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका लागि उत्पादन क्षमताको विस्तार एवं सुधार प्रक्रिया अगाडि बढाएको छ ।……………………….

प्रतिघण्टा तीन हजार लिटर दूध प्रशोधन गर्दै आएको सो आयोजनाले प्राविधिक क्षमता सुधार गरी दैनिक प्रतिघण्टा पाँच हजार लिटर दूध प्रशोधन गर्नेतर्फ लागेको छ । साथै विभिन्न किसिमका मिठाइ उत्पादन गर्दै आएको आयोजनाले रसभरी र फ्रेस मिल्क पनि उत्पादन शुरु गरेको छ । त्यस्तै आयोजनाको परिसरमा रहेको दूग्ध कारखानाको सरसफाइ र मेसिनको गुणस्तरमा पनि सुधार गरेको आयोजनाका प्रमुख गणेश यादवले बताउनुभयो ।

विसं २०३० मा औद्योगिक क्षेत्रमा स्थापना भई २०३१ साल चैतबाट सञ्चालनमा आएको सो दुग्ध वितरण आयोजनाबाट हाल दही, घ्यु, पनिर, लालमोहन, पेडा, मख्खन तथा फ्रेस मिल्क उत्पादन भइरहेको छ ।

सर्लाही, रौतहट, मकवानपुर र बाराका किसानबाट दैनिक दूध खरीद एवं सङ्कलन गरी हेटौँडा, वीरगञ्ज र नारायणगढसम्म दूध तथा दुग्ध पदार्थबाट बनेका सामग्री बिक्रीवितरण भइरहेको आयोजनाले जनाएको छ । साथै विराटनगर, जनकपुर, काठमाडौँलगायतका दुग्ध आयोजनामा यसको उत्पादन बिक्रीका लागि पठाइन्छ ।

आयोजनाबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७४र७५ मा ६१ लाख ५०४ लिटर दूध सङ्कलन गरिएको थियो । जसमध्ये २९ लाख ९९ हजार लिटर अन्य आयोजनामा बिक्री गरिएको थियो । छब्बीस लाख ७६ हजार लिटर दूध अर्थात रु १७ करोड १९ लाख २५ हजारको दूध हेटौँडा, वीरगञ्ज र नारायणघाटमा बिक्री गरिएको थियो ।

साठ्ठी हजार लिटर दूध भण्डारण क्षमता रहेको सो आयोजनाको दूध सङ्कलनका लागि विभिन्न स्थानमा १९० बुथ, २१ डिलर र सात चिस्यान केन्द्र रहेको छ । साथै दूध खरीदबापत २० हजार कृषक परिवार लाभान्वित भएको आयोजना प्रमुख यादवको भनाइ छ । ररासस