१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महीनामा तीन खर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च १३ प्रतिशत



अ+ अ-

काठमाडौँ : चालू आर्थिक वर्षको पाँच महीनामा रु तीन खर्ब सात अर्ब २३ करोड बराबरको राजश्व सङ्कलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर तथा गैरकर राजश्वसमेत गरी उक्त परिमाणमा राजश्व सङ्कलन भएको हो । प्रथम चौमासिकमा पूँजीगत खर्च भने १३ दशमलब ५० प्रतिशत मात्रै भएको छ ।

विकास निर्माणको काममा उल्लेख्य खर्च हुन नसकेको मन्त्रालयको समीक्षाले समेत देखाएको छ । यस्तै चालू खर्च भने १४ दशमलब शून्य पाँच प्रतिशत रहेको छ ।

यस्तै वैदेशिक सहायतातर्फ प्रमथ पाँच महीनामा ऋणतर्फ रु ९३ अर्ब ६९ करोड र अनुदानतर्फ रु १८ अर्ब ४४ करोड गरी कूल रु एक खर्ब १२ अर्ब १३ करोड परिचालन भएको छ । सरकारले हालसम्म आन्तरिक ऋण परिचालन गरेको छैन ।

अर्थ मन्त्रालयका अनुसार सोमबार सम्पन्न समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई अझ बढी प्रभावकारी, गुणस्तरीय तथा मापनयोग्य बनाउन जोड दिनुभएको थियो ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक रुपमा प्रगति समीक्षा गर्ने, नयाँ तर्जुमा गर्नुपर्ने र संशोधन गर्नुपर्ने कानूनको कार्य शीघ्र अघि बढाउने, पूँजीगत खर्चमा जोड दिने तथा बजार अनुगमनलाई तीव्रता दिन निर्देशन दिनुभएको थियो ।