२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्युटी केयर ब्यबसायले समाज सुधारको अभियानमा ठुलो सहयोग पुग्यो –पूर्बअर्थमन्त्री कोईराला



अ+ अ-

पूर्बअर्थमन्त्री तथा साहित्यकार शंकर कोईरालाले ब्युटी केयर ब्यबसायले समाजिक सुधारको अभियानमा ठुलो सहयोग पु¥याएको बताउनु भएको छ । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ११ औ बार्षिकोत्सबको अबसरका आयोजित सम्मान कार्यक्रममा पूर्बमन्त्री कोईरालाले ब्युटी केयर पेशाले महिला शशक्तिकरणमा उल्लेख भूमिका निर्बाह गरेको बताउनुभयो । पूर्बमन्त्री कोईरालले सरकारले एक बर्षमा पाचलाख रोजगारी सृजना गर्ने कार्यक्रम अघि सारेको अबस्थामा सौदर्य ब्यबसायमा मात्र तीन लाख ब्यक्ति प्रत्यक्ष रोजगारीमा संग्लन हुनु सकारात्मक भएको बताउनु भयो । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफनो ११ औ बार्षिकोत्सबका अबसरमा ३ जना व्यक्तित्वहरु बरिष्ठ सौन्दर्यबिद् डा. राजेश्वरी राज्य लक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता निर्देशक दिपाश्री निरौला, संचारकर्मी सुशील अर्याललाई बिसेष सम्मान प्रदान गरिएको थियो ।उहाहरुलाई प्रमुख अतिथि गीतकार रसाहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर प्रशाद कोइरालाले सम्मान गर्नुभएको थियो ।

यसै गरी कार्यक्रममा लायन बालकृष्ण बुर्लाकोटी, प्रदेश सभा सदस्य कल्पना नेपाली, निर्माता निर्देशक समाजसेवी मधुकुमार श्रेष्ठ, बरिष्ट समाजसेवी सुभाष गुरुङलाइ समेत सम्मान गरिएको थियो । बरिष्ठ सौन्दर्यबिद् , चर्चित कलाकारहरु, पत्रकारहरु तथा समाजसेवामा अग्रणी भूमिका निर्बाह गर्ने अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । बिगत ११ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त ११ औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले ४० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र अफनो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । संचालिका रश्मिला श्रेष्ठले अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको सेवा बिस्तार गर्न लागिएको जानकारी दिदै ग्राहकहरुले अन्तराष्ट्रिय स्तरको सेवा लिन सक्ने बताउनु भयो ।