१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यालससँग एपीएफ बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबसँग विभागीय टोली एपीएफ क्लब बराबरीमा रोकिएको छ ।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एपीएफलाई १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलको ३० औं मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको च्यासलले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५४औं मिनेटमा श्यामकुमार नेपालीले गोल गर्दै एपीएफ क्लबलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

बराबीसँगै एपीएफको ११ खेलबाट १७ अंक भएको छ । च्यासलको ११ खेलबाट १५ अंक भएको छ ।