२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एचआइभी



अ+ अ-

तामिलनाडु । उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् ।

तामिलनाडु राज्यका प्रदेश स्वास्थ्यसचिव जे राधाकृष्णले गर्भवती महिलालाई एचआइभी पोजेटिभ भएका व्यक्तिले रगत दिएको थाहा भएको बताउनुभयो ।

पहिलेदेखि नै एचआइभी पोजेटिभ भएका ती व्यक्तिले अस्पतालका कर्मचारीलाई समेत खबर नगरी रक्तदान गरेको श्री राधाकृष्ण्ले जानकारी दिनुभयो । उक्त व्यक्तिले जानाजान रक्तदान गरेको हो वा होइन भन्ने अनुसन्धान पनि भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

उहाँले दुर्भाग्यबस ती व्यक्तिमा एआइभी पोजेटिभ भएको जानकारी अस्पताललाई नभएको बताउनुभयो ।

उक्त घटनामा प्रमुख जिम्मेवार देखिएका प्रयोगशालाका प्राविधिक र परामर्शदातालाई अवकाश दिइएको छ । पीडित महिलाका श्रीमानले गर्भमा रहेको बच्चामा एचआइभी सङ्क्रमित हुन नदिन सबै उपाय अपनाउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । रासस