१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुव्र्यवहारको भत्सर्ना



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकारमाथि दुव्र्यहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले समाचार सङ्कलनका क्रममा प्रदेश टुडे दैनिकका प्रियास्मृति गजमेर, रेडियो देउखुरीका शिवराज खनाल र गणतन्त्र दैनिकका शिवु खनालमाथि इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डे नेतृत्वको प्रहरी टोलीले दुव्र्यवहार गर्दै उहाँहरुले खिचेको फोटोसमेत मेटाइदिएको जनाएको छ ।

यही पुस ८ गते कञ्चनपुरबाट छ ट्रकमा झापातर्फ गोरु लाँदै गर्दा हिन्दू जागरणका कार्यकर्ताले अवरोध गरेको समाचार सङ्कलनका लागि लठ्ठहवा भन्ने स्थानमा पुगेका पत्रकारलाई प्रहरी टोलीले दुव्र्यवहार गरेको महासङ्घको विज्ञप्तिमा जनाइएको छ । समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकारको संवैधानिक अधिकारलाई प्रहरीले अवरोध सिर्जना गरी पत्रकारमाथि दुव्र्यवहार गर्नु र समाचार सामग्री मेटाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । रासस