२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ च्याम्पियन बन्यो



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई ३–१ गोल अन्तरले हराउँदै मनाङले दुई खेल अगावै उपाधिमाथि आफ्नो कब्जा जमाएको हो ।

लिगमा मनाङले खेलेका सबै खेलमा जित हासिल गर्दै इतिहास रचेको छ । उसले ११ खेलमा सबै खेल जित्दै ३३ अंकसहित  अंक तालिकाको पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको संकटाको २५ अंक छ।

खेलमा मनाङको तर्फबाट दिपक राई, पुजन उपरकोटी र विदेशी खेलाडी एडिलेजाले गोल गरेका थिए। संकटाका लागि विदेशी खेलाडी नोरबर्टले गोल गरेका थिए।