२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय लोक सभामा तीन तलाकको विषयमा छलफल र पारित गरिने



अ+ अ-

नयाँ दिल्ली । ’मुसलिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ को विषयमा बिहीबार भारतको लोक सभामा छलफल र यसपछि पारित गरिने समाचार प्राप्त भएको छ ।

मुसलिम महिलाको बैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८ माथिको छलफल र यसको पारितको प्रस्ताव कानून मन्त्री रवीशङ्कर प्रसादले गर्नु हुने योजना रहेको थियो ।

आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि जसरी वैधानिकरूपमै आफ्नो श्रीमानले छोड्ने बाध्यता यस कुरीतिलाई प्रतिबन्ध लगाउन भारतीय जनता पार्टी ९बिजेपी०ले गत मङ्गलबार लोक सभाका सदस्यलाई डिसेम्बर २७ का दिनमा उपस्थितिको लागि लिखित पत्र नै जारी गरेको थियो ।

मुसलिम महिलाको बैवाहिक सम्बन्ध प्रतिरक्षा विधयेक २०१८ माथि छलफल र यसलाई अन्तिम रुप दिएर कानूनमा परिवर्तन गर्नको लागि मतदान गरिने जनाइएको थियो । भारतीय सञ्चार माध्यमले यस विधेयकमाथिको छलफल र पारित गरिने आजको समाचारलाई मुसमान महिलाको ‘खास दिन’ भन्ने संज्ञा दिएका छन् ।

आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिकरूपमै उच्चारण गरेपछि जसरी वैधानिक भनी मुस्लिम पुरुषले महिलामाथि थोपर्दै आएको यो एकतर्फी अन्यायलाई अब यहाँको सर्वोच्च अदालतले करिब डेढ वर्ष अघि नै अवैधानिक घोषणा गरिदिएको थियो ।

मुस्लिम लोग्नेले आफ्नी श्रीमतीलाई छोड्न चाह्यो भने वा ऊ वैधानिकरूपमै सम्बन्ध विच्छेद गर्न चाह्यो भने तीन पटकसम्म मौखिकरुपमै यो तलाक उच्चारण गरे पुग्दथ्यो । यी शब्दको भरमा श्रीमान् श्रीमतीबीच सम्बन्ध विछेच्द हुने यो प्रक्रिया मुस्लिम समुदायको प्रमुख धर्मग्रन्थ कुरानमा रहेको मुसलमान समूदायको दाबी रहदै आएको थियो ।

निकै लामो समयको अध्ययन र विभिन्न धर्मका गुरुकै गहन परामर्शबाट भारतको सर्वोच्च अदालतले यो प्रावधान कुरान कै मूल भावना र मर्म विरुद्ध भएको भन्दै यस प्रथालाई अवैधानिक र अमान्य ठहर गरिदिएको थियो ।

भारतमा मुस्लिम समुदायमा पुरुषले आफ्नी श्रीमती र वरिपरि रहेका अन्य बयस्कले सुन्ने गरी “तलाक” शब्द तीन पटकसम्म दोहो¥याई उच्चारण गरेकै आधारमा श्रीमतीसँग अलग्गिएर बस्ने, सम्बन्ध नै विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रहेको भन्ने आडमा निकै लामो समयदेखि नै महिलामाथि अन्याय गरिँदै आएको थिए ।

इस्लामिक कानून अवलम्वन गर्ने मुस्लिम राष्ट्रको रूपमा परिचित पाकिस्तान र बङ्गलादेशमा समेत यस्तो तीन तलाकको प्रावधान खारेज भइसकेको थियो भने भारतमा कायम रहिरहेको थियो । बहूसंख्यक हिन्दु धर्मावलम्बी बसोबास गर्ने विश्वबिख्यात भारतमा यस्तो कुरीति त्याग गर्न बाँकी रहनु नै केही लज्जास्पद पनि थियो ।

यो समाचार बन्दै गरेको अवस्था भारतीय लोक सभामा ‘मुसलिम महिलाको बैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ को छलफल जारी रहेको थियो । लोक सभामा जारी छलफलको क्रममा सन् २०१९ मा भारत तीन तलाकबाट मुक्त हुने दाबी गरिदै थियो । रासस