६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक, राजदूत नियुक्ति र ३०० वटा विद्युतीय बस खरिद गर्ने निर्णय



अ+ अ-

काठमाडौं – मन्त्रिपरिषदको यही पुस ६ र ९ गते बसेको बैठकले विभिन्न चार देश र एउटा नियाेगका लागि राजदूत नियुक्तिका लागि सिफारिस समेतका १३ बुँदे निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवं संचार मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारका निर्णयहरु बिहीबार सार्वजनिक गर्नुभएको थियो । उक्त निर्णयमा थाइल्यान्ड, राष्ट्रसंघीय स्थायी नियोग जेनेभा, क्यानाडा, फ्रान्स र कुवेतका लागि राजदूतहरु नियुक्तिका लागि सिफारिस गरिएको छ ।

सिफारिस भएका राजदूतहरूमा थाइल्यान्डका लागि गणेशप्रसाद ढकाल, स्थायी नियाेग जेनेभाका लागि मणिप्रसाद भट्टराइ, क्यानाडाका लागि भृगु ढुंगाना, फ्रान्सका लागि दीपक अधिकारी र कुवेतका लागि दुर्गाप्रसाद भण्डारी हुनुहुन्छ ।

यसैगरी सुरक्षित आवास कार्यक्रम, समपुरक अनुदान सम्बन्धी कार्यविधि, जोखिमयुक्त बस्ती स्थानान्तरण कार्यक्रम कार्यविधि समेत मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

नेपाल र अमेरिकाबीच पर्यटक भिसा पारस्परिकतालाई पनि स्वीकृत गरिएको छ । झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति गर्ने निर्णय समेत भएको मन्त्री बास्कोटाले बताउनुभयो ।

बैठकले नेपाल सरकारकाे लगानीमा ३०० वटा विद्युतीय बस खरिद गर्नका लागि नीतिगत निर्णय समेत गरेकाे छ ।

मन्त्रिपरिषदका निर्णयहरु यसैसाथ संलग्न छः

[googlepdf url=”http://newspolar.com/wp-content/uploads/2018/12/Cabinet-Poush-12-2075-1.pdf” download=”Download” ]