६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट एकको मृत्यु



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् ।

आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नंको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बिहान ७ः३० बजे भएको थियो ।