१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन मेडिकल कलेजको लुट, विद्यार्थीबाट करोडौं असुल्दै



अ+ अ-

चितवन । भरतपुरको चितवन मेडिकल कलेजले विद्यार्थीबाट वार्षिक करोडौं रुपैयाँ अवैध शुल्क असुल्दै आएको छ ।

समाचारको अनुसार एमबीबीएस अध्ययनका लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले तोकेको ४२ लाख ४५ हजारसँगै कलेजले प्रत्येक विद्यार्थीबाट थप १२ लाख ५० हजार रुपैंयाँ अवैध असुलेको खबर आजको नेपाल समाचारपत्रले छापेको हो ।

नेपाल सरकारको असोज २६ गतेको निर्णय अनुसार उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क मात्रै लिन पाउने ब्यवस्था छ । तर, चितवन मेडिकल कलेजले सरकारको निर्णय अवज्ञा गर्दै एक विद्यार्थीबाटै लाखौं रुपैयाँ असुल गरिरहेको छ ।

‘१२ लाख ५० हजारको ५० प्रतिशत ६ लाख २५ हजार रुपैयाँ पहिलो किस्ता स्वरुप कलेजले मागिरहेको छ’, एक अभिभावकले नाम नबताउने शर्तमा भने, ‘अतिरिक्त शुल्क नबुझाए विद्यार्थीलाई कक्षा कोठामा बस्न नदिने र पढ्न नचाहेको भनेर निकालिदिने चेतावनी दिएको छ ।’ अधिकांश अभिभावकबाट कलेजले शुल्क लिएको छ भने नदिने अभिभावकलाई पटक–पटक फोन गरेर टर्चर दिने गरेको छ ।

विद्यार्थीबाट अवैध असुलेको पैसाको रिसिभ दिइएको छैन भने चेक मार्फत रकम लिन पनि अस्वीकार गरिएको छ । नगद पैसा दिन र चितवन मेडिकल कलेजको नाममा चेक नकाट्न आग्रह गर्दै कलेजको नामको चेक नलिएको अभिभावकको गुनासो छ ।

कुन शीर्षकमा केका लागि रकम मागिएको हो, त्यसको जानकारी समेत कलेजले विद्यार्थी र अभिभावकलाई दिएको छैन । एमबिबिएस संगै कलेजले अन्य फयाकेल्टिको पनि अबैध शुल्क लिइरहेको छ ।