६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेनाल्टीमा रोनाल्डो चम्किदाँ साम्पडोरिया पराजित



अ+ अ-

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले साम्पडोरियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

शनिबार राति युभेन्टसको घरेलु मैदानमा भएको खेलमा साम्पडोरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे । साम्पडोरियाका फाबियो क्वाग्लियरेल्लाले एक गोल फर्काएका थिए ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई १–१ गोलको बराबरी ल्याएका थिए ।

पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको युभेन्टसले दोस्रो हाफको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई २–१ गोलको अग्रता बनाएको हो ।

त्यसपछि दुबै कल्बले गोल गर्न नसक्दा युभेन्टसले जारी लिगमा ३ अंक जोडेको हो । जितसँगै युभेन्टसले १९ खेलबाट ५३ अंक बनाएको छ । भने पराजित साम्पडोरियाको १९ खेलबाट २९ अंकमा रहेको छ ।