१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेनाल्टीमा रोनाल्डो चम्किदाँ साम्पडोरिया पराजित



अ+ अ-

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले साम्पडोरियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

शनिबार राति युभेन्टसको घरेलु मैदानमा भएको खेलमा साम्पडोरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे । साम्पडोरियाका फाबियो क्वाग्लियरेल्लाले एक गोल फर्काएका थिए ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई १–१ गोलको बराबरी ल्याएका थिए ।

पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको युभेन्टसले दोस्रो हाफको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई २–१ गोलको अग्रता बनाएको हो ।

त्यसपछि दुबै कल्बले गोल गर्न नसक्दा युभेन्टसले जारी लिगमा ३ अंक जोडेको हो । जितसँगै युभेन्टसले १९ खेलबाट ५३ अंक बनाएको छ । भने पराजित साम्पडोरियाको १९ खेलबाट २९ अंकमा रहेको छ ।