२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः दाङको सभापतिमा डाँगी



अ+ अ-

दाङ । दाङ कांग्रेसको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । 

कोइराला–पौडेल पक्षका डाँगी अन्य तीनजनालाई पछि पार्दै जिल्ला सभापतिमा चयन भएका हुन् ।

शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ मत ल्याए । उनका प्रतिस्पर्धीहरु भूपबहादुर डाँगीले ५४५, जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । 

प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने तयारी भए पनि सहमति पश्चात् शंकर जिल्ला सभापति निर्वाचित भएका हुन् ।

जिल्लामा दुई हजार १९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार १३८ मत खसेको थियो ।

यसैबीच नेपाली कांग्रेस दाङको उपसभापतिमा गिरीराज सुवेदीले ९१३ मत र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भए । 

त्यस्तै सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी, सहसचिवमा  राजु आचार्य र सुबोधकुमार डाँगी विजयी भएका छन्  ।