२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल एफए कपबाट बाहिरियो



अ+ अ-

काठमाडौं । लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । सोमबार राति भएको खेलमा वोल्भ्ससँग पराजित भएपछि लिभरपुल एफए कपबाट बाहिरिएको हो ।

प्रतियोगितामा नै सबैभन्दा कमजोर मानिएको वोल्भ्ससँग लिभरपुलल २-१ गोलअन्तरले पराजित भएको हो । लिभरपुल तेस्रो चरणबाट बाहिरिदा खेलमा बिजयी भएको वोल्भ्स चौथो चरणमा प्रवेश गरेको छ ।

वोल्भ्सलाई जिताउन राउल जिमेनेज र रुबेन नेभेसले १-१ गोल गरेका थिए । लिभरपुलका लागि भने डिभोक ओरिगीले गोल गरेका थिए ।

खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै वोल्भ्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको वोल्भ्सले दोस्रो हाफमा एक गोल गर्न सफल भयो ।

खेलको ५१औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा पुर्‍याएका थिए । तर त्यसको चार मिनेटपछि नै वोल्भ्सका नेभेसले अर्को गोल थप्दै जित नजिक पुर्याएका थिए।




भर्खरै