१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बन्द सत्र ४ बजे सुरु हुने



अ+ अ-

चितवन। नेकपा एमालेको दोस्रो दिनको बन्दसत्र आज अपराह्न ४ बजे सुरु हुने भएको छ । 

चितवनको सौराहामा जारी बन्द सत्रको दोस्रो दिन आजको बैठक ४ बजे सुरु हुन लागेको हो ।

महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । 

ओलीलाई दिएको अधिकारपछि अहिले शीर्ष नेताहरुबीच पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्यबारे छलफल भइरहेको बताइएको छ।

अध्यक्ष ओली पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई भेट्नमै व्यस्त छन् । यसअघि आइतबारको बन्द सत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई समयमै आउन भनेका थिए । अहिले बन्दसत्रको हलमा प्रतिनिधिहरुले पार्टीका अध्यक्षलाई प्रतिक्षा गरिरहेका छन् । 

यद्यपि, भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरुले भने ओलीलाई दिएको अधिकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।