५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगको अन्तिम दुई खेल आज हुदैँ, के मनाङले रच्ला त ईतिहास ?



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता मंगलबार सकिँदैछ।

साढे तीन महिनादेखि जारी खेलको अन्तिम दिन दुई खेल हुँदैछन्। दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा उपाधि विजेता मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उपाधि जितिसके पनि सबै खेल जितेर कीर्तिमान कायम गर्न मनाङका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।

मनाङले यसअघि खेलेका १२ वटै खेल जितेको छ। अंकतालिकाको १२ औं स्थानमा रहेको फ्रेण्ड्स क्लबलाई हारजितले खासै अर्थ नराखे पनि मनाङलाई इतिहास रच्नबाट रोक्ने उसको प्रमुख लक्ष्य हुनेछ। दिउँसो २ बजे सशस्त्र प्रहरीको खेलमैदान हलचोकमा हुने खेलमा न्यूरोड टिम एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुच्छारमा रहेको एनआरटीले खेल जिते दुई स्थानसम्म माथि उक्लन सक्नेछ भने एघारौं स्थानमा रहेको ब्रिगेड ब्वाइजका लागि नतिजाले खासै असर गर्दैन।

असोज १३ गतेदेखि सुरु भएको लिगको बिजेता मनाङले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। उपविजेता संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख र पाँचौँ स्थान सुरक्षित गरेको एपीएफले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा १४ वट टोलीले भाग लिएका थिए।