५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलको आइ ट्यून एप सामसुङमा आउने



अ+ अ-

विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र सामसुङबीच सहकार्य भएको छ। दक्षिण कोरियाली कम्पनी सामसुङले अमेरिकी कम्पनी एप्पलको ‘आइ ट्यून’ सफ्टवेर आफ्नो उपकरणमा उपलब्ध गराउने भएको हो।

अब सामसुङको स्मार्ट टिभीमै आइ ट्यून फिचर जोडिएर आउनेछन्।

अमेरिकाको लास भेगासमा सामसुङका कार्यकारी डेभ दासले सिइएस टेक कार्यक्रममा एप्पलको आइ ट्यून सामसुङमा उपलब्ध हुने घोषणा गरेका हुन्।

उनका अनुसार एप्पलसँग सम्झौता भइसकेको छ। यस वर्षको मार्च महिनादेखि आइ ट्यून सेवा सामसुङको स्मार्ट टिभीमा उपलब्ध हुनेछन्।

क्ष्mबनभ चभकगति ायच ष्तगलभ ष्ल कmबचत तख

यस सेवा अन्तगर्त भिडियो चलचित्र एप्स तथा टिभि कार्यक्रमको एप्स समावेश हुनेछन्। यसमा चलचित्र तथा टिभी कार्यक्रम विक्रि तथा भाडामा दिनेबारे सुविधा प्रदान हुनेछ।

अडियो संगीतको कुनै सेवा यसमा प्रदान गरिएको छैन। सन् २०१८ यता बनेका सामसुङ उपकरणमा मात्र यो सुविधा प्राप्त हुनेछ।

विश्लेषकहरुले यस रणनीतिक कार्यबाट दुवै कम्पनीलाई फाइदा पुग्ने बताएका छन्।