१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुटपुर्जीको व्यवस्था नहुँदा सास्ती



अ+ अ-

वीरगञ्ज । पश्चिमी पर्साको प्राचीन तथा ऐतिहासिक भिस्वा बजार आउने भारतीय सवारी साधनलाई सरकारले छुटपुर्जीको व्यवस्था नगर्दा भारतीय गाडी धनीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् ।

सीमावर्ती भारतको सिक्टा बजार हुँदै दैनिक दर्जनाँै भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा भिस्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको व्यवस्था नहुँदा सवारीधनीले ४० किलोमिटर दूरीको वीरगञ्ज भन्सारमा आउनुपर्ने बाध्यता छ । भारतबाट हाल दैनिक २५ देखि ३० भारतीय गाडी सो नाकाबाट नेपाल प्रवेश गर्ने गर्छन् । तर, छुटपुर्जीको व्यवस्था नगर्दा भारतीयले समस्या भोग्दै आइरहेको प्रहरीचौकी भिस्वाका प्रहरी सहायक निरीक्षक गोकुल बलायरले राससलाई बताउनुभयो । “हामीले चार पाङ्ग्रे सवारी साधनको इन्ट्री गरी नजिकको गाउँसम्म जान छुट दिएको हो”, उहाँले भन्नुभयो ।

भिस्वा नाकाबाट प्रवेश गर्ने ९९ प्रतिशत भारतीय नम्बर प्लेटका सवारी साधन पोखरीयालगायत पश्चिमी गाउँमा जाने गरेको छ । छिपरमाई गाउँपालिकाअन्तर्गत पर्ने भिस्वा भन्सार कार्यालयलाई छिमेकी भारतबाट नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई छुटपुर्जीको लागि सरकारले व्यवस्था नगरे पनि सीमाक्षेत्रमा रहेको सुरक्षाकर्मीले व्यावहारिक रुपमा नजिकको गाउँसम्म जान छुट दिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिषकुमार महतोसँग जिज्ञासा राख्दा उहाँले छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काट्ने अधिकार सरकारले नदिएकाले मूल भन्सारबाटै छुटपुर्जी काट्नुपर्ने बताउनुभयो । भारतीय सवारी साधन धनीले वीरगञ्ज गएर छुटपुर्जी काट्ने काम खर्चिलो हुने भएकाले सरकारले भिस्वा छोटी भन्सारलाई छुटपुर्जी काट्ने व्यवस्था मिलाउनु पर्ने मागं गरेका छन् ।