१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा मापसेमा परेर ११६ नेपाली पक्राउ



अ+ अ-

काठमाडौँ । मादक पदार्थको सेवन ९मापसे०का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स ९युएई० मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ ।

आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महिनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ ।

त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन् ।

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न सात, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न पाँच र अन्य कानूनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ । बाइस नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए ।

दूतावासका अनुसार १८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् । सारजाह सेन्ट्रल कारागारमा सात पुरुष र तीन महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र चार महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र चार महिला तथा अजमान सेन्ट्रल कारागारामा चार पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ ।

रसअल खैइमा सेन्ट्रल कारागारमा चार पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक/एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् ।