५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले एक हप्ताभित्र छायाँ सरकार बनाउने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक साता भित्रै छायाँ सरकार गठन गर्ने भएको छ । सरकारले गरेको कामको निगरानी गर्न भन्दै कांग्रेसले सरकारमा बसिसकेका नेताहरुलाई लिएर छायाँ सरकार बनाउन लागेको स्रोतले जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार कांग्रेसले एक साता भित्रै छायाँ सरकार बनाउने लागेको हो । खाँडले भने ‘एक साता भित्रै छायाँ सरकार गठन हुन्छ, अब सरकारका प्रत्येक कामको निगरानी छायाँ सरकारबाटै हुन्छ,’।

सांसद गगन थापाले तीन मन्त्रालय एक मन्त्री हुनेगरी छायाँ सरकार बनाइने र पहिले अनुभव लिइसकेका मन्त्रीहरु सम्वन्धित मन्त्रालय मातहत रहने जानकारी दिएका छन् । यस्तै ती मन्त्रीहरु मध्येबाट नै छायाँ सरकारको संयोजक बनाइने समेत जनाए ।

कांग्रेसले मंगलबार नै सुचना निकालेर छायाँ सरकारमा रहने मन्त्रीहरुको लागि नाम माग्ने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार तीन दिनको समय दिएर छायाँ सरकारमा रहने सांसदहरुको नाम माग्ने र प्राप्त नामहरुबाट मन्त्री तोकेर छायाँ सरकारको जिम्मेवारी दिइने छ ।