५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका ८ जना एसएसपीमा बढुवा



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उपरीक्षकबाट बरिष्ठ उपरीक्षकमा पदोन्नती भएका ८ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रिस्तरको पौष २० गतेको निर्णय अनुसार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएकालाई दज्र्यानी चिन्ह प्रदान गरेको सशस्त्र बलले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसै अवसरमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको उल्लेख गदैँ दर्जासँगै बढेको जिम्मेवारी पुरागर्न कार्यक्षेत्रमा सधैं जिम्मेवारी बोधकासाथ कृयाशिल रहनुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी, नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।