१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम्जनलाई प्रकाउ गर्ने आदेश छैन: प्रहरी



अ+ अ-

सिन्धुली । पाँचजना अनुयायी बेपत्ता पारेको लगायतका आरोप लागेका रामबहादुर बम्जन सिन्धुली आश्रममा रहेको तथ्य खुलेको छ। सिन्धुपाल्चोकबाट बम्जन भागेर सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ को पैरेस्थित आश्रममा बसेको प्रहरीले जनाएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले बम्जम सिन्धुलीको आश्रममा रहेको र सरकारबाट आदेश आउने बितिकै उनलाई नियन्त्रणमा लिइने बताएका छन् ।

उनका विभिन्न आश्रममा पाँचजना अनुयायी र आनी बेपत्ता भएको, आश्रमका आनीहरूमाथि यौन दुर्व्यवहार गरेको जस्ता आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा सिलबन्दी गरेर अनुसन्धान गरिरहेको छ।

तर, यस्ता आरोप लागेका बम्जन सिन्धुलीस्थित आश्रममा रहेको थाहा पाए पनि प्रहरीले नियन्त्रणमा लिन चासो दिएको छैन।