९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सपना भुलाई सारा…

सपना भुलाई सारा…
अ अ+ अ-

काठमाडौँ — सुरुचिटोलस्थित लेखक अधिकारी निवासमा पुग्दा देखिएको दृश्य विष्मयकारी थियो— पढेर आधा अधुरै छाडिएका पुस्तक, रजिस्टर कापीमा लेखिएका उपन्यास पाण्डुलिपि, केही रिसर्च आर्टिकल, कोठामा अलपत्रझैं भेटिए । 

सपना भुलाई सारा आँसु पिएर जाऊमन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊएक बिहान बानेश्वरको सुरुचिटोलस्थित लेखक शिव अधिकारी निवासमा पुग्दा यस्तो लाग्यो, यो गीत सायद उनले आफ्नै लागि लेखेका हुन् । पढेर आधा अधुरै छाडिएका पुस्तक, रजिस्टर कापीमा लेखिएका उपन्यास पाण्डुलिपि, केही रिसर्च आर्टिकल, खोजअनुसन्धानका केही महत्त्वपूर्ण सामग्री कोठामा अलपत्रझैं भेटियो । घरधनी नभएको घरको माथिल्लो तलाको एउटा बन्द कोठाभित्र १५ बर्षयता यी सामग्री यत्तिकै बसिरहेका छन् । लेखक अधिकारीको ५० वर्षकै उमेरमा २०६० पुस २७ गते निधन भएको थियो ।
एक समयकी प्रभावशाली कविसमेत रहेकी सरला बिष्ट शिव अधिकारीकी श्रीमती हुन् । शैली र सुक्ति दुई छोरीका साथमा आध्यात्मिक क्षेत्रमा लागेकी उनी भारत प्रवासमा छिन् । यसकारण पनि लेखक, कवि, पत्रकार अधिकारीका थाती रचना र योजना अलपत्रै छन् । उनका फुटकर लेख, निबन्ध र रचनाहरू कुनकुन पत्रिकामा प्रकाशित छन् ? प्रकाशित गर्नका लागि विभिन्न संस्था तथा व्यक्तिलाई दिइएका पाण्डुलिपि कुनकुन थिए ? यसबारे घरपरिवारका सदस्य पनि बेखबर छन् ।
साहित्यका सबै विधामा गरेर अधिकारीका कविता, उपन्यास, नाटक र निबन्ध गरी एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । २०२९ मा ‘बालक सिद्धार्थ’ शीर्षकको किशोर नाटक लेखेर सर्वप्रथम आफ्नो साहित्यिक चेत प्रस्तुत गरेका शिवको यो कृति एसियन सांस्कृतिक केन्द्र, जापानबाट पुरस्कृत भएको थियो । यो रचना अङ्ग्रेजी, हिन्दी, उर्दू र अन्य भाषामा समेत अनुवाद भएको छ ।
अधिकारीका विदिशा, चेष्टा, आखेट, पुँश्चली नामका उपन्यास र दिगन्त सारथि, हाडमासुको पहाड, सम्प्रति, हिमालको हालचाल आदि कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै, त्रासदी मुद्राहरू, तासको जामा र अरू तीन नाटक, सिंहासन, अन्यथा आशयजस्ता नाटक कृति प्रकाशित छन् । उनका ‘विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व र विचार’ कृति तथा ‘कलकत्ता इज विग सिटी’, ‘जनआन्दोलन डायरी’, ‘टनकपुर उवाच’ जस्ता निबन्ध पनि स्मरणीय छन् ।
अधिकारी आफ्ना साहित्यिक रचनामध्ये तुलनात्मक रूपमा नाटक विधामा बढी सशक्त देखिन्छन् । परम्परागत लेखनभन्दा पृथक् बसेर अधिकारीले सामयिक विषयमा प्रयोगवादी नाटक लेखेका छन् । उनले समकालीन सामाजिक तथा राजनीतिक विसङ्गतिमाथि व्यङ्ग्य गर्दै स्वैरकल्पनाको प्रयोग गरेका छन् । २०४८ सालको नाटक महोत्सवमा प्रज्ञाप्रतिष्ठानमा प्रदर्शित ‘तासको जामा’ नाटक र यो संग्रहमा रहेको ‘आशमाया’ शीर्षक रचना टेलिनाटक रूपमा समेत चर्चित रह्यो । यस नाटकको ४० वटा शृङ्खला नेपाल टेलिभिजनबाट प्रशारण भएको थियो ।अधिकारीको साहित्यकार र पत्रकार गरी सिर्जनशील जीवनका दुई पाटो छन् । दुवै क्षेत्रमा उनी स्वतन्त्र र निर्बाध रूपमा अघि बढिरहे । बानेश्वरबाट शङखमूल जाने बाटोमा पर्ने आफ्नै घरमा सुरुचि पत्रिकाको अफिस खोलेपछि त्यस ठाउँको नाम सर्वप्रथम सुरुचि टोल उनैले राखेका थिए । २०३५ मा नेपाल ल क्याम्पसबाट जागिरे जीवन प्रारम्भ गरेका अधिकारीले साझा प्रकाशन, जनसंख्या आयोग, मीनभवन क्याम्पस आदिमा समेत जागिरे भए । सधैंभर स्वतन्त्रताप्रेमी अधिकारीले जागिरे जीवन स्वेच्छिक रूपमा त्यागेर पत्रकारिता र साहित्यमा समर्पणलाई आफ्नो रोजाइको क्षेत्र बनाएका थिए । २०४२ मा देशान्तर साप्ताहिक पत्रिकाको स्तम्भ लेखकका रूपमा पत्रकारिता प्रारम्भ गरेका उनी पछि त्यसै पत्रिकाको सम्पादक भए । उनी सुरुचि, नवसुरुचि साप्ताहिक पत्रिकाका साथै गोरखापत्र दैनिकमासम्बद्ध रहे ।
शिव अधिकारीले आफ्नो जीवनकालभर समाजका विभिन्न विषय, पात्र र प्रवृत्तिमाथि कटाक्ष गर्दै लेखिरहे । प्रतिकूल परिस्थितिमा पनि निर्भीक विचार राख्ने यी अब्बल पात्रका बारे कहींकतै पनि चासो राखेको पाइदैन । उनका समकालीन पत्रकार–लेखक पनि अधिकारीबारे पूरै बेखबर एवं मौन देखिन्छन् । उनले लेखेका र नाम कमाएका केही पुस्तक अहिले बजारमा पाइँदैन ।
शिव जीवनको अन्तिम क्षणसम्म सक्रिय थिए । त्यतिबेला उनको लेखनको उत्कर्षकाल थियो । अनुभव, अध्ययन रसङ्गतका कारण लेखन द्रुत बनिरहेका बेलामा उनी यो संसारबाट हराए । लेख्दालेख्दैको कविता पूरा गर्न पाएनन्, लेखिसकेको उपन्यासको नाम राख्नै बाँकी थियो । एउटा नाटकसङ्ग्रह प्रेसमा जान तयार थियो । उनी यसरी गए कि एकाएक आँधी रोकिएजस्तो भयो ।
धादिङको सिरुवानीमा सामान्य कृषक परिवारमा जन्मिएर सङ्घर्षमय यात्राबाट आफ्नो पृथक् पहिचान बनाएका उनी आज गुमनाम छन् । आसेपासे राख्न नसक्ने र प्रशस्त पैसा जम्मा गर्न नसक्ने साहित्यिक व्यक्तित्व सायद शिव अधिकारी ‘बेखबर’ रहेझैं रहने पो हुन् कि ? (ज्ञानु अधिकारी ,स्मृति, कान्तिपुर काेसेलीबाट)